सबैको समस्या संग यात्रा गर्ने क्रममा समाजसेवी राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिका ८ स्थित दरबार मा बिमा इन्टरनेट सेवा जडानको लागि पूर्ण रुपमा सहयोग गर्नु भएको छ ।
विद्यालय र विद्यार्थीलाई सूचना सञ्चारको क्षेत्रमा सहज होस भन्ने उद्देश्यले आफ्नो गाउँका विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको उनले बताएका छन् ।
सुविसु कम्पनीको इन्टरनेट एकबर्षसम्मको रिचार्ज बिल अग्रिम भुक्तानी गरेका विद्यालयका प्रधानाध्यापक गोविन्द भट्टले जानकारी दिए । इन्टरनेट सेवा जोड्न पाएपछि शिक्षक, विद्यार्थीका लागि शैक्षिक गतिविधि प्रभावकारी हुने उनले विश्वास ब्यक्त गरे ।
यसअघि उनले भीमोदय मावि आरुघाटमा तीनलाख ११ हजार एकसय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

