रुस र बेलारुसले आइतवार समाप्त हुने भनिएको सैन्य अभ्यासलाई विस्तार गर्दैछन्, बेलारुसका रक्षामन्त्रीले भने, देशको पूर्वी डोनबास क्षेत्रमा रुसी समर्थित विद्रोही र युक्रेनी सेनाबीच गोलाबारी जारी छ।
रक्षामन्त्री भिक्टर क्रेनिनले अभ्यास जारी राख्ने निर्णय रुस र बेलारुसको बाह्य सिमाना नजिक सैन्य गतिविधि बढेको र डोनबास क्षेत्रमा बढ्दो तनावका कारण गरिएको बताए।
न्युयोर्क टाइमसले आफ्नो पेजमा उल्लेख गर्दै रुस र बेलारुसले सैन्य अभ्यास तिब्र पारेको कुरा प्रकाशित गरेको छ।

