मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो ।ना. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित सडक किनारमा पल्टेको हो ।

