काठमाडौं – इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको सम्मेलनमा विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेका हुन्। अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४औं सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन्।
त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। आइतबारदेखि सुरु सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ। सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नुस् जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन ’विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औं सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले सहभागिता जनाउनेछन्। संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी छन्। त्यसैगरी अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र सुरेन्द्र कुमार कार्की सहभागी छन्।

