प्रदेश सरकारको रु १० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको समेत वडाध्यक्ष दर्लामी बताए । लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । विसं २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो ।

