सबैलाई पठाउनु होला

काठमाडौं –  मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एक सूचना जारी गर्दै अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत् सब स्टेशन निर्माणका लागि नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न सरकारले आग्रह गरेको  ।

एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको सूचनामा उल्लेख गरिएको छ ।

,’सूचनामा भनिएको छ , ‘ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com