सबैलाई पठाउनु होला

मस्को : युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’

आगलागीका कारण दुई कर्मचारी घाइते भएका उनले अर्को पोस्टमा उल्लेख गरेका छन्। रुसको आपतकालीन मन्त्रालयका अनुसार करिब १७० जना आगो निभाउने प्रयासमा लागेका छन्। यस सुविधाको स्वामित्वमा रहेको रोजनेफ्टले रुसी समाचार एजेन्सीहरूलाई उक्त परिसरबाट कर्मचारीहरूलाई बाहिर निकालेको बताए।

बुधबार बेल्गोरोडको हतियार भण्डारबाट विस्फोटको आवाज सुनिएको थियो तर अधिकारीहरूले विस्फोटको कुनै स्पष्टीकरण दिएका थिएनन्।

बेल्गोरोड युक्रेनसँगको रुसको सिमानाबाट करिब ४० किलोमिटर (२५ माइल) र युक्रेनी सहर खार्किभबाट करिब ८० किलोमिटरको दुरीमा अवस्थित छ।  द मस्को टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com