सबैलाई पठाउनु होला

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताए  ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड’ बाट खोसेर आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गरी आफैं आयोजना निर्माण गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले यस्तो बताए ।

शुक्रबार विहान ट्वीट गर्दै शर्माले बूढीगण्डकी गेजुवालाई दिने तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा राखेका छन्  । यस्तै उनले बूढीगण्डकी ९ अर्ब बाँडेर खाएको आरोप फिर्ता लिन बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा   समेत व्यक्त गारेका छन  ।

केही महिनाअघि भट्टराईले बूढीगण्डकी गेजुवालाइ बनाउन दिएर एमाले ओली  र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , काँग्रेस शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । यस्तै शर्माले पेट्रोल र डिजेल   खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बुढी गण्डकीका लागि अर्बौं रकम  जनताबाट उठिसकेको बताए । मुआब्जा टुङ्ग्याएर, सरकार र निजी क्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्न नहुने उनको भनाइ रहेको  छ ।

समृद्धिको साझा दायित्व पुरा गर्न आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने महामन्त्री शर्माले बताएका छन्  । उनका अनुसार १२ सय मेगावाटको विधुत उत्पादन, , वृहत् पर्यटनको केन्द्र, ठूलो जलाशय  पिउने पानी र सिँचाइको विशाल भण्डारको बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी थियो  । अब कुनै बिध्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी रहेको शर्माले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com