सबैलाई पठाउनु होला

युक्रेन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसन युक्रेन पुगेका छन्। आकस्मिक रूपमा किभ पुगेका प्रधानमन्त्री जोनसनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई १२० वटा बख्तरबन्द गाडीका साथै नयाँ एन्टी मिसाइल सिस्टम दिने वाचा गरेका छन्।

भेटमा प्रधानमन्त्री जोन्सनले रूसले गरेको सैन्य आक्रमणमा युक्रेनी नागरिकले देखाएको बहादुरीलाई प्रशंसा गरेको बिबिसीले जनाएको छ।

यो भ्रमणमा जोनसले युक्रेनलाई विश्वबैंकबाट ५० करोड डलर रकम दिलाउन ग्यारेन्टी लिने पनि बताए। अहिलेसम्म बेलायतले युक्रेनलाई १ अर्ब डलरको ऋण घोषणा गरिसकेको छ। जोन्सनलाई जेलेन्स्कीले राजधानी किभका सडकको भ्रमण गराएका थिए। दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदलै घुमेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com