काठमाडौं –   केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा निधन भएको  हो  । खबर हो भारतको झारखण्ड राज्यको देवघरको । केवलकार दुर्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको यसअघि नै मृत्यु भइसकेकेको र अर्काको उद्धार गर्ने क्रममा  मृत्यु भएको हो ।

पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृत्यु भएको   छ ।   आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए ।

केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com