कञ्चनपुर – मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका छन् । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको छ । भट्टद्धय र साउद झारफुकको काम गर्ने गर्दछ।

