काठमाडौं –  २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो ।

प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएका छन् । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाए  ।

दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औं विश्व पौडी प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले  जानकारी दिएका  छन् ।

 यस प्रतियोगिता १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको हो  ।
प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com