काठमाडौं – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन रहेको छ । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् ।
गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको हो ।

