काठमाडौं – शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामालगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।
सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

