काठमाडौं – विभिन्न ३ निर्णय गर्दै गठबन्धनको बैठक सकिएको जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले तालमेलका विरुद्ध परेको उम्मेदवारी फिर्ता गराउनेदेखि ५ दलीय गठबन्धनमा आवद्ध दलहरुसँग अन्य दलले गरेको तालमेल फिर्ता गराउने सम्मका निर्णय भएको छ ।

