सबैलाई पठाउनु होला

पोखरा –     पोखरामा हुने प्रतियोगितालाई सभ्य र भव्य रुपमा सञ्चालन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष पहलमा खेलाडी छनोट गर्न लागिएको छ । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले खेलाडी छनोट गर्ने भएको हो ।

जेठ २२ देखि २८ गतेसम्म हुने प्रतियोगिता प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि मुख्यमन्त्री पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाएका थिए। प्रतियोगिताको व्यवस्थापन र खेलाडी छनोटका लागि छलफल गर्न बैठक बोलाइएको छ ।

मुख्यमन्त्री पोखरेलले पोखरामा हुन लागेको प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवालालाई जिम्मेवार भएर लाग्न निर्देशनसमेत दिएको छ । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्न तयार रहेको बताएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले प्रतियोगिताका लागि अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराएका थिए। उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि पाँच करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताएको हो ।

उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन्। नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं स्थानमा  रहेको थियो।  आठौंमा सात प्रदेशसँगै तीन विभागीय गैर आवासीय नेपाली संघ एनआरएनको टोलीले समेत प्रतिस्पर्धा गरेको थियो।

गण्डकी प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन गर्न लागिएको छ।  गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सात हजार खेलाडी, दुई हजार व्यवस्थापक र एक हजार रेफ्री गरी कम्तीमा १० हजार जना सहभागी हुने भएको छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com