चितवन – नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले भरतपुरको मेयरमा रेनु दाहाललाई जिताउने बताएका छन्। उनले सत्तागठबन्धनका सबै उम्मेदवारलाई जिताइने पनि बताएका छन् ।
आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै उनले भने, ‘हामी भरतपुरको मेयरमा रेनु दाहाललाई जिताउँछौं। सिंगो गठबन्धन जिताउने प्रतिवद्धता व्यक्त गर्दछौं।’
उनले माओवादीले पछि धोका दिन भने नपाउने बताएका छन् ।उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ। प्रचण्डजी भोलिका दिनमा धोका दिने काम नहोस्’ ।
०७४ मा गरेको प्रतिवद्धता छोटो समयमै टुटेको उल्लेख गर्दै उनले अब त्यस्तो गर्न नहुने बताएका हुन ।

