सबैलाई पठाउनु होला

गोरखा – गोरखा जिल्लाको बारपाक सुलिकोटमा आज माओवादी केन्द्रको आयोजनामा चुनाबी सभा सम्पन्न भएको छ ।

चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बरिष्ठ पुर्ब उपप्रधानमन्त्री क. नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ले भन्नु भयो, ‘हामीले नेकपा माओवादी केंद्राले ठुलो संघर्ष गरेपछि हजारौं हजार महान सहिदहरुको बलिदान, हजारौं हजार बेपत्ता योद्धाहरुको समर्पण, हजारौं हजार घाइते योद्धा हरुको संघर्ष र लाखौँ लाख नेपाली जनताको संघर्ष पछाडि नेकपा माओवादी केन्द्रले नै प्रस्तावित गरेको संघिय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा अन्तर्गत हामीले अरु राजनीतिक पार्टीहरुलाई पनि अन्ततः त्यो एजेन्डामा ल्याएर नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्यौं । शामन्तवादको अन्त्य गर्यौं, राजतन्त्रको अन्त्य गर्यौं, निरङ्कुश तन्त्रको अन्त्य गर्यौं, एकात्मक काठमान्डू केन्द्रित शासन व्यबस्थाको अन्त्य गर्यौं र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्यौं ।’

सम्बोधनको क्रममा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले थप्नु भयो, ‘त्यति मात्रै होइन, हामीले समानुपातिक समाबेशीकरणको नीति स्थापित गर्यौं र यो लोकतन्त्रलाई समाजवाद उन्मुख सनाबेशी लोकतन्त्रको रुपमा स्थापित गर्यौं र त्यो राजनीतिक उपलब्धीलाई यो नयाँ प्रकारको लोकतन्त्रलाई जहाँ मजदुर, किसान, दलित, जनजाति, महिला, पिछडीएका क्षेत्रको जनता, मुश्लिम, थारु, मधेशी, सबै र सिमान्तकृत समुदायको हकअधिकार, समान अधिकार, बिकाश र समुन्नतिका निम्ति यो नयाँ प्रकारको लोकतन्त्र हामीले स्थापित गर्यौं । यो लोकतान्त्र स्थापित गरिसकेपछि संबिधानसभाबाट नयाँ संबिधान बनाएर हामीले त्यो संबिधानमा यो उपलब्धीहरुलाई संस्थागत गर्यौं । र अहिले त्यै नयाँ संबिधान कार्यान्वयनको प्रक्रियामा दोश्रो चरणको चुनाबको प्रक्रिया सुरु भएको छ । त्यो चुनाबको प्रक्रियाको पहिलो बिन्दु अहिले फेरी स्थानीय सरकार हो । यो भन्दा अगाडी नयाँ संबिधान बनाइसकेपछी नयाँ संविधानले हामीले लडेर ल्याएको उपलब्धीलाई संबिधानमा लेखिसकेपछि हामीले पहिला स्थानीय सरकारको चुनाव गर्यौं । त्यसपछि संघ र प्रदेशको चुनाब गर्यौं । त्यो संबिधान अन्तर्गत भएको चुनाब पछाडी तीन वटै तहमा सरकार बनाएर नेपाली जनताले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषिक सांस्कृतिक समुदाय र सिमान्तकृत समुदायको हकअधिकार र उन्नत जिबनका निम्ति हामीले नयाँ सरकारले काम गर्ने नीति अन्तर्गत अगाडी बढ्यौ । तपाइँहरुलाई याद छ, यस अन्तर्गत हामीले पहिला नेकपा पनि बनाएका थियौ । हाम्रो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई मिलाएर हामीले नेकपा बनाएर संघमा हाम्रो सरकार, सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशमा हाम्रो सरकार र धेरै भन्दा धेरै स्थानीय सरकार हाम्रो बनाएर यो देशमा संघर्ष गर्दा नेपाली जनताले जे चाहना गरेका थिए, आफ्नो जीवन फेर्ने, शिक्षा, स्वास्थ, रोजगारी, खाध्यान्न, अबास, बाटोघाटो, खानेपानी, मनोरन्जन सहित नयाँ नेपाल बनाउने र हामी सबैलाई नयाँ जीवन दिने जो आकांक्षा हामीले राखेका थियौं, त्यो आकांक्षा पुरा गर्न सकिन्छ भनेर हामीले त्यसरी नेकपा बनाएर तीन वटै तहमा सरकार बनाएका थियौ । तर हामीले जुन पार्टी नेकपा एमालेसँग एकता गरयौ, त्यसको हामीले एकता गर्दाका नेता केपी ओली, जसलाई हामीले पनि प्रधानमन्त्री बनायौं, पार्टीका एउटा अध्यक्ष बनायौं, उनले र उनको प्रवृत्तिले ठुलो धोका दियो । हुन त हामीलाई शंका थियो, केपी ओलीले पहिला के भनेका थिए भने कि “बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो हामीले संघर्ष गरेर राजतन्त्रलाई ढालिन्छ र गणतन्त्र ल्याउँछु भनेको उस्तै हो, त्यो सम्भव छैन” भनेका थिए । अनि संघियता ल्याउने, काठमाण्डुमा केन्द्रित भएको सरकारलाई प्रदेशमा लैजाने, गाउँमा लैजाने, टोलटोलमा लैजाने, जनताले सामान्य कामको लागि, चाहे केहि बैधानिक काममा होस्, चाहे बिकाश निर्माणको साना साना योजनाहरुको काम होस्, सिंहदरबार धाउनुपर्ने स्थितिलाई अन्त्य गरेर प्रदेशमा सरकार, गाउँमा सरकार बनाएर संघियता ल्याउं भनेर संघीयताका निम्ति लड्दा खेरि, त्यो प्रस्ताब गर्दा केपी ओलीले के भन्थ्यो भने, “खच्चरमा झन्डा राखेर सरकार चलाउने? तल कहाँ साधन र श्रोत हुन्छ?” भनेर संघियताको बिरोध गरेका थिए । तैपनि हाम्रो मुख्य भूमिकामा, हाम्रो निर्णायक नेतृत्वमा जब सबैलाई मिलाएर हामीले संघिय लोकतन्त्र गणतन्त्र स्थापित गरिछाड्यौं । संबिधान बनाइ छाड्यौँ । हामीले के सोच्यौं भने, अब अलिकति सच्चियो होला, कम्युनिष्ट भन्ने जनमतको आकांक्षालाई, कम्युनिष्ट भन्ने सारा जनताको आवाजलाई ध्यान दिएर, त्यसोभए मिलेर जाउँ, कम्युनिष्टको सरकार बनाउँ, संघमा पनि, प्रदेशमा पनि, स्थानीय सरकारमा पनि बनाऔं र सारा जनताको जिबनस्तर फेर्न कम्युनिष्टको नेतृत्वमा नयाँ नेपाल बनाऔं भनेर हामीले त्यो कदम चालेका थियौं । तर केपी सच्चिएको रहेनछ । हामीले सरकार त बनाएयौ, तर त्यो सरकारलाई केपी ओलीले कम्युनिष्ट सरकारको ढंगले चलाउन चाहेन । जनमुखी ढंगले चलाउन चाहेन । कम्युनिष्ट सरकार बनाइसकेपछी पनि संघियता बिरोधि नीति नै लिन थाल्यो । एकात्मक मानसिकताले संघियता अनुरुपको नियम कानुन बनाउने मानसिकतामा सरकार स्वयमले बाधा दिन थाल्यो । र भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेमा सरकारमा बसेका मानिसहरुको वरिपरी भ्रष्टाचार बढ्न थाल्यो । र हामीले जुन प्रकारको बिकाश हामीले चाहेका थियौं, जनमुखी बिकाश, त्यो दिशातिर सरकार जान्दैन भनेदेखि त्यो सरकारको औचित्य रहँदैन । त्यसैकारणले हामीले केपी ओलीको एकात्मक र एकालाकाठे नीतिको बिरोध गर्यौं । फलस्वरूप केपी ओलीले आफ्ना बिरोधीहरुलाई धमाधम कारबाही गर्न थाल्यो । संघिय सरकार बिघटन समेत गर्यो । त्यस्तो संसद बिघटन जस्तो प्रतिगामी कदमको बिरोधमा सडक आन्दोलान गर्यौं, सर्बोच्च अदालतमा प्रतिगामी कदमको बिरुद्ध मुद्दा दायर समेत गर्यौं । अनि अदालतले पनि संविधानको रक्षाको निम्ति केपीको संसद बिघटनको कदमलाई अबैधानिक साबित गरिदियो । त्यसको फलस्वरूप ५ दलीय गठबन्धनको सरकार बन्न पुग्यो । यसरी उपलब्धिको रक्षाको निम्ति र संविधानको रक्षाको निम्ति जसरी माओवादी केन्द्र लडिरहेको छ, त्यसै गरी देशको मुहार फेर्नका लागि पनि सम्पूर्ण जनताले माओवादीलाई साथ दिनु हुनेछ, भन्ने बिश्वास गरेका छौं ।’

सभामा माओबादी केन्द्रको बारपाक सुलिकोट गाउँ पालिका अध्यक्षको उम्मेद्वार क.बिश्नु प्रसाद भट्ट, उपाध्यक्षको उम्मेद्वार क.सन माया गुरुङ लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरु लगाएत बारपाक सुलिकोटका जनताहरुको को उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com