स्याङ्गजा, ८ जेठ – स्याङ्गजा जिल्लाको ११ पालिका मध्ये ६ पालिकामा कांग्रेसले प्रमुखमा बिजय हात पारेको छ भने नेकपा एमालेले ७ पालिकामा बिजय हात पारेको छ ।

स्याङ्गजा जिल्लाको पालिकाहरुको उम्मेदवारले प्राप्त गरेका १०० मत माथिका परिणाम र बिजयी उम्मेदवारको विवरण तल उल्लेख गरिएको छ ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का खिम बहादुर थापाले ६७०० मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाली काँग्रेसका माया रानाले ५०५५ मत प्राप्त गरि पराजित भएकी छिन् । त्यसैगरी कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सावित्रा कोइरालाले ६२२३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका बम बहादुर लामिछानेले ४८३० मत प्राप्त गरि तेश्रो स्थानमा सिमित रहेका छन् ।

गल्याङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका गुरु प्रसाद भट्‌टराईले ९६२१ मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  सुर्य प्रसाद गैह्रेले ८९२२ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै मेयरमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का घन श्याम भट्टराइले ४८१ मत प्राप्त गरि तेश्रो स्थानमा सिमित रहे भने मंगोल नेशनल अर्गनाइजेसनका लोक वहादुर पल्लीले १२४ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन् ।

यसैगरी गल्याङ नगरपालिकाको उपामेयर पदमा नेपाली काँग्रेसका हेमा न्यौपाने तिमिल्सीनाले ९११८ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की देवी सरा थापा ९०५५ मत प्राप्त गरि पराजित भएकी छिन् । त्यस्तै उपमेयरमा उम्मेदवारी दिएकी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की हेमा कुमारी तराङले ६९९ मत प्राप्त गरि तेश्रो स्थानमा सिमित रहेकी छिन् भने मंगोल नेशनल अर्गनाइजेसनका दिल माया सिंजाली थापाले ११४ मत प्राप्त गरि चौथो स्थानमा सिमित रहेकी छिन् ।

चापाकोट नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका देव बहादुर खाँडले ७४९० मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजु कोइरालाले ६५५५ मत प्राप्त गरि पराजित भएका छन् । त्यसै गरि मेयरमा उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेसनका खर्क वहादुर थापाले १३७ मत प्राप्त गरेका छन् । त्यस्तै चापाकोट नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी  इशा रानाले ७४१३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सृष्टि मल्लले ६३७६ मत प्राप्त गरि पराजित भएकी छिन् । उपमेयरमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका जिवन प‌ंज्ञानीले २०१ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् भने, मंगोल नेशनल अर्गनाइजेसनका लिला कुमारी आलेले १४८ मत प्राप्त गरि चौथो स्थानमा चित्त बुझाएका छन् ।

त्यस्तै हरीनास गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का खिम नारायण मानन्धरले ४७६९ मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाली काँग्रेसका टोप बहादुर भुजेलले ४७३२ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै हरीनास गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की इन्द्र कुमारी थापा रानाले ४७४० मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने, नेपाली काँग्रेसकी मिठु लम्सालले ४७१६ मत प्राप्त गरि पराजित भएकी छिन् ।

एवं रितले विरुवा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सूर्य बहादुर कुँवरले ४८७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने नेपाली काँग्रेसका डोलराज पोखरेलले ४७४६ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका हेमन्त थापा मगरले १७२ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् । यसै गरि विरुवा गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी भगवती शर्माले ४९३७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका थम वहादुर गुरुङ्गले ३६७६ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् भने जनता समाजवादी पार्टी, नेपालकी साहाना थापाले १२२ मत प्राप्त गरि चौथो स्थानमा चित्त बुझाएकी छिन् ।

वालिङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्ण खाँणले १३७७६ मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाली काँग्रेसका दिलिप प्रताप खाँणले ११५९३ मत प्राप्त गरि पराजित भएका छन् । त्यसै गरि मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका सोम बहादुर गुरुङ्गले २०० मत प्राप्त गरि तेस्रो स्थानमा चित्त बुझाएका छन् । यसै गरि वालिङ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी कविता तिवारीले १२८२२ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की खगी सरा थापा मगरले १२३४० मत प्राप्त गरि पराजित भएकी छिन् ।  यसै गरि मंगोल नेशनल अर्गनाइजेसनकी जीन कुमारी गुरुङ्गले २१९ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएकी छिन् ।

भिरकोट नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्द कुमार कर्माचार्यले ६५०४ मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विश्‍वनाथ अर्यालले ५६६९ मत प्राप्त गरि पराजित भएका छन् l मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विर बहादुर गुरुङले २०४ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् । भिरकोट नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी भगवती रेग्मीले ७१९७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वती अधिकारीले ४९२८ मत प्राप्त गरि पराजित भएकी छिन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी टिका कुमारी गुरुङले २१४ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएकी छिन् भने, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मिन कुमारी अधिकारीले १२३ मत प्राप्त गरि चौथो स्थानमा चित्त बुझाएकी छिन् ।

अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका प्रकाश तिवारीले ५२९१ मत प्राप्त गरि निर्वाचित भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की चिन माया गूरुङ्गले ३३४७ मत प्राप्त गरी पराजित भएकी छिन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका भिम बहादुर गोदारले १०१ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् । यसैगरी अर्जुन चौपारी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी सपना गुरुङ्गले ४८२७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टंक प्रसाद खनालले ३७६७ मत प्राप्त गरि पराजित भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी दुर्गा कुमारी वि.कले १०० तेश्रो स्थानमा चित्त बुझाएकी छिन् ।

पुतलीबजार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका तुलसी राम रेग्मीले १२४९४ मत प्राप्त गरि निर्वाचित भएका छन् भने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सिमा कुमारी क्षेत्रीले १००९० मत प्राप्त गरि पराजित भएकी छिन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी तुल सिं ठकुरीले ४३२ मत प्राप्त गरि तेश्रो भएकी छिन् भने मंगोल नेशनल अर्गनाइजेसनका सुर्य बहादुर थापाले ३०९ मत प्राप्त गरि चौथो स्थानमा चित्त बुझाएका छन् । अनि यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट मेयरमा उम्मेदवारी दिएका नारायण प्रसाद लम्सालले २१७ मत प्राप्त गरी पाँचौ स्थानमा रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का महा प्रसाद सुवेदीले २०१ प्राप्त गरी छैटौ स्थानमा चित्त बुझाएका छन् । पुतलीबजार नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी देवी अर्यालले ११७४८ मत प्राप्त गरी निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिएका महेश पुरीले १०७६१ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी डिल कुमारी शाहीले ४१८ मत प्राप्त गरि तेश्रो स्थानमा रहेकी छिन् भने, मंगोल नेशनल अर्गनाइजेसनका तिरथ गुरुङ्गले २८८ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सरस्वती शर्माले २७४ मत प्राप्त गरी पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)को तर्फबाट उम्मेदवारी दिएकी सुनिता क्षेत्रीले १६१ मत प्राप्त गरी छैटौ स्थानमा चित्त बुझाएकी छिन् ।

आँधीखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विश्वनाथ पौडेलले ५१७७ मत प्राप्त गरि निर्वाचित भएका छन् भने नेपाली काँग्रेसका प्रेम राज पौडेलले ४३५१ मत प्राप्त गरी पराजित भएका छन् । त्यस्तै अध्यक्षका स्वतन्त्र उम्मेदवार हरि प्रसाद ढकालले ७२१ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएका छन् । आँधीखोला गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सिता थापाले ५२७३ मत प्राप्त गरी निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का रामचन्द्र प्रसाद पौडेलले ३८१७ मत प्राप्त गरी पराजित भएका छन् । त्यस्तै उपाध्यक्षको उम्मेदवार जनता समाजवादी पार्टी, नेपालकी मीना देवी शर्मा (ढकाल)ले १६९ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएकी छिन् ।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का घनश्‍याम सुवेदीले ३८३६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने नेपाली काँग्रेसका लक्ष्मी प्रसाद बरालले ३७०४ मत प्राप्त गरि पराजित भएका छन् । त्यसैगरी फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की देउ कुमारी गुरुङले ३९७८ मत प्राप्त गरी निर्वाचित भएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिव प्रसाद पराजुलीले २३७९ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै दुर्गा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी थापा अधिकारीले १०१ मत प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com