सबैलाई पठाउनु होला

किभ –    रुस र युक्रेन बीचमा चलिरहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने आकलन गरेको  हो।

द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देश हुँदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका हुन ।

महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गरेका थिए। त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गरेको बताइएको थियो। त्यसक्रममा उनले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेको जानकारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com