सबैलाई पठाउनु होला

काठमाडौं –   सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले बढेर ९८ हजार ५०० तोकिएको छ। बिहीबार पहेंलो धातु प्रतितोला ९७ हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार  रहेको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार १०० रहेको  थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार २९० पुगेको महासङ्घले जानकारी दिएको  छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँसत  एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको  जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com