सबैलाई पठाउनु होला

काबुल –    अफगानिस्तानमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार  ६.१ रेक्टर स्केलको धक्का गएको हो।

भूकम्प दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर (२७ माइल) टाढा रहेको र ५१ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जानकारी दिएको  छ।

बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्पले अफगानिस्तान र पाकिस्तानका केही भागलाई हल्लाएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको हो ।

भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ। यसबाहेक मलेसियाको क्वालालम्पुरबाट ५६१ किलोमिटर पश्चिममा बिहान १२ बजेर ३८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com