सबैलाई पठाउनु होला

काठमाडौं, ९ असार – चीनको रजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

धादिङका स्थानिय बासिन्दा श्रेष्ठ पूर्व शिक्षक हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com