अहिलेको ‘डिजिटल युग’मा पर्चाको महत्व घटे पनि पर्चा संचारको अब्बल माध्यम भने रहने उनी बताउँछन्। पर्चाको ‘कन्टेन्ट’ ममा बढी मिहिनेत गर्न सुझाउँछन्।
‘अहिले अनलाइनको जमाना भयो। डिजिटल मिडियाको भूमिका हुन्छ अब। तर, पर्चामा विशेष प्याकेजिङ गरेर। कन्टेन्ट राम्रो पनि राख्ने र संलग्न व्यक्ति अगुवाहरुलाई जनताले विश्वास गरेका छन् भने महत्व धेरै हुन्छ,’ प्राध्यापक खरेलले भने, ‘लिखितले फोकस ल्याउँछ। अहिले सबैको हातहातमा मोबाइल छ भनेर भनेर हुँदैन। त्यसको महत्व छ। तर लिखित पर्चा वा कन्टेन्टले मानिसमा धेरै असर गर्छ।’

