काठमाडौं – काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ ।
हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो भएकाले नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
आजदेखि नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरे ।
महाशाखाले कास्की र लमजुङमा बाढी आउन सक्ने जनाए । प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा; मधेश प्रदेश को सप्तरी; बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली,
काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर; गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपरासी (ब. सु. पूर्व), स्याङ्गजा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ; लुम्बिनी प्रदेशको नवलपरासी (ब. सु. पश्चिम), पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व; कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोटर आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव समेत हुनसक्ने पूर्वानुमान लगाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कणााली, महाकाली, कन्काई, कमला, बागमती, राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सतह भन्दा तलै रहेको छ।

