प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। क्यान्सरपीडित शम्भु तामाङलाई अस्पतालमै पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन्।
सिन्धुपाल्चोक घर भएका तामाङ महाराजगञ्ज बस्छन्। उनी क्यान्सरबाट पीडित छन्। तामाङ सगरमाथा आरोही हुन्। कम उमेरमा सगरमाथाको आरोहण गरेर उनले कीर्तिमानी कायम गरेका थिए।
उनले सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए।
प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।
तामाङले देशलाई पुर्याएको योगदानको प्रशंसा गर्दै प्रचण्डले स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए।

