सबैलाई पठाउनु होला

नेपाल –   मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको छ ।

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जानकारी दिएको  छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३.२, सिमारामा ९.८, र काठमाडौँमा ४.१ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com