सबैलाई पठाउनु होला

मेलौली –   बलात्कारको आरोपमा एक वडाअध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन्  ।

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो  ।

पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com