सबैलाई पठाउनु होला

नेपाल –   धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभएको छ ।

भेरी नगरपालिकाको जातीय विभेद् अन्त्य गर्ने भन्दै विभिन्न कार्यक्रम जारी राखेको समयमा प्रहरीले समेत यसमा विशेष चासो राखेको छ । नगर उपप्रमुख सीता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद् नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे  ।

नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद् अन्त्य गर्नका लागि समाजको चेतनास्तरमाथि उठ्नुपर्ने बताउनुभयो । समाजमा रहेका धामीझाँक्री, सामाजिक अभियानकर्मीसहित सबैले जातीय विभेद् अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिबद्धता भएको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीले योभन्दा अगाडि सबै वडामा जातीय विभेदका बारेमा कार्यक्रम गरी सचेतना जगाउने काम गरिसकेको छ । सबै वडामा कार्यक्रम पश्चात् सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्न लगाएको हो । जातीय विभेद्का मुद्दा पछिल्लो समय कम आउने गरेको उपरीक्षक निरौलाले बताउनुभएको छ  ।

भेरी–४ रानागाउँका नवराज विकसहितका अन्य युवालाई कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै हत्य नै गरिएको थियो । छुवाछुत तथा भेद्भाव गरेको मानिने जातीय भेद्भाव तथा कसूर सजाय ऐन २०६८ अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा यस दफा बमोजिमको कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेद्भाव गरेको मानिनेछ भनी कानुनमा उल्लेख गरिएको छ ।

यसैगरी प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाएमा छुवाछुत तथा भेद्भाव गरेको मानिने जनाइएको छ । व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेद्भाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गरे छुवाछुत तथा भेद्भाव गरेको मानिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com