सबैलाई पठाउनु होला

राजधानी –  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी नै रहेको छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको हो  । बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी नै रहेको  छ ।

बैठक भोलिसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ ।

पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो ।

आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिए  । गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com