दमौली – राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक-एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।
उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।
बेल चौतारा सहकारीका अध्यक्ष हिमकुमार श्रेष्ठ र समृद्धि सहकारीका उपाध्यक्ष कृष्ण बहादुर भुजेललाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी९अञ्जु, राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बैङ्कका दमौली शाखा समन्वय उपसमितिका संयोजक अमर बहादुर कुंवर लगायतले पुरस्कृत गर्नुभएको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको समृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो । सहकारी आम समुदायलाई आर्थिक रुपमा सबल बनाउने र सामाजिक रुपमा सक्षम बनाउने अभियान भएको भन्दै न्यौपानेले स्थानीय तह र सहकारी मिलेर समुदायमा आर्थिक सामाजिक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको हो ।
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी ९अञ्जु० ले सहकारीमार्फत समुदायको आर्थिक विकासका लागि सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनसँगै समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटन प्रबद्र्धनका लागि मितेरी साइनो तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबद्र्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका हुन ।
बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् । बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरे ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय भएको जानकारी दिनुभयो । ‘बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभएको छ ।
छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागिता थियो । बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए ।

