सबैलाई पठाउनु होला

हुम्ला –   उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ ।

यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ –२ घरमा एकैपटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।सोलार बत्ती बलेपछि अब स्थानीयलाई दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको स्थानीयले जनाए  ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरी बत्ती बाल्ने सम्पन्न भएको जानकारी दिनुभएको हो  ।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । सोलार प्यानल, ब्याट्री खदिरदेखि ढुवानी र जडान कार्य पनि सम्पूर्णरुपमा निःशुल्क गरिएको बताए  ।

वडा नं २ मा आठभन्दा बढी बस्ती छन् । यस्तै खार्पुनाथ –४ स्थित सीता माध्यामिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याइएको हो  ।

यसपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । यसका लागि प्रदेश सरकारले रु साढे दुई करोड बजेट खर्च गरे  । स्थानीय बासिन्दाले गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिराले क्षति पुर्याएको अवलोकन गर्न आउँदा बत्तीको व्यवस्था गर्न माग गरे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com