सबैलाई पठाउनु होला

झापा –    झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ ।

तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अग्र्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका हुन ।

पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताउनुभएको छ  । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको हो  ।

अनुदान पाएपछि उत्साही भएर रायो सागको खेती विस्तार गरिरहेको उहाँले बताउनुभएको हो  । बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमासमी रायो साग प्रतिमुठा रु ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

‘अहिले रायो सागको सिजन होइन, अरुले उत्पादन गरेका छैनन्’, उहाँले भन्नुभएको छ , ‘त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।’ तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आउनुभएको छ । सुरुमा एउटा टनेल बनाएर खेती सुरु गर्नुभएकी उहाँले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताउनुभएको हो  ।

ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवद्र्धन गर्नका लागि टनेल बनाउन रु ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उहाँले रु ११ लाख ८८ हजार थपेर रु १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

उहाँलाई साग उत्पादनमा उहाँका श्रीमान् शान्तिरामले साथ दिँदै आउनुभएको छ । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिनुभएको हो  । मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत बैमौसमी रायो सागको खेती गर्दै आउनुभएको छ । उहाँले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताउनुभएको हो  ।

जिल्लाकै अति दुर्गमस्थलमा सागको खेती गर्नुभएका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पु¥याउने गरेको बताउनुभयो । विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका भुजेललाई तरकारी खेती प्रवद्र्धनका लागि टनेल निर्माणमा ज्ञान केन्द्रले रु ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरे  ।

रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनुभएको थियो  ।

उहाँले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताउनुभयो । टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उहाँले बताउनुभएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com