सबैलाई पठाउनु होला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा, मुकुल ढकालले पार्टी  सभापति रवि लामिछानेलाई आफ्नो पत्रसहित प्रतिवेदन बुझाएका छन् ।

उपनिर्वाचनपछि ३८ वटा जिल्ला पुगेर पार्टीका जिम्मेवार र शुभ चिंताकहरुसंग दोहोरो अन्तर्क्रिया गरेपछि उनले पार्टीको अवस्थाबारे प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदन उनले बुधबार सभापति रवि लामिछानेलाई एक पत्रसहित हस्तान्तरण गरेका हुन् ।


हिमाल, पहाड, मधेस, तराईका सुगमदेखि दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भर्खरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें,’ उनले उक्त समीक्षा यात्राको प्रतिवेदन  पेश गर्दै सभापितलाई पत्रमार्फत जानकारी गराएका छन् ।


उनले यो प्रतिवेदनले  पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने आफ्नो विश्वास रहेको बताए । उनले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिवेदन पेश गर्ने क्रममा उनले लेखेको पत्रमा भनिएको छ, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ। मेरो पनि राजनीतिक अधिकार हो।’

प्रतिवेदन सार्वजनिक नगरिए आफूमाथि पार्टीले गरेको अन्याय हुने भन्दै उनले आफूमाथि न्याय गर्न अनुरोध गरेका छन् । प्रतिवेदनमा उनले यस्तै हिसाबले पार्टी अगाडि बढे ओरालो यात्रा जारी रहने दाबी गरेका छन् ।

साथै उनले भनेका छन् ठुला दलको पछी होइन बलेन गोपी हमालको बाटो समाउन पर्छ  समेत  भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com