सबैलाई पठाउनु होला

नेपालमा बेरोजगारी, आर्थिक अस्थिरता र रोजगारीको सीमित अवसरहरूका कारण धेरै नेपाली युवाहरू छिटो पैसा कमाउने आशामा भिजिट भिसामा खाडी मुलुकहरू, मलेसिया, वा अन्य देशहरूतर्फ जाने गर्छन्।

भिजिट भिसा सामान्यतया पर्यटकका लागि हो तर धेरैले यो भिसाको प्रयोग गरेर अवैध रूपमा काम गर्ने वा एजेन्टमार्फत काम खोज्ने प्रयास गर्छन्। यसले गर्दा उनीहरू कानुनी झमेलामा फस्न सक्छन्, काम नपाएर आर्थिक संकटमा पर्न सक्छन्, वा श्रम शोषणको शिकार हुन सक्छन्।
युवाहरूको बेरोजगारको फाइदा उठाउँदै बिचौलियाहरू मानव तस्करहरू सक्रिय हुँदै आएको देखिन्छ। कतिपय मेनपावर व्यवसाय ट्राभल एजेन्सी अध्यगमन विभागका कर्मचारीहरु चलखेल भएको बुझ्न सकिन्छ।

भिजिट भिजामा जाँदा सबैभन्दा महत्त्व एयरपोर्ट सेटिङ भन्ने बुझिन्छ। एयरपोर्ट सेटिङ भनेको के हो?
नाम भिजिट भिजा खास त्यसको उद्देश्य बाहिर गएर काम गर्ने नै हो। यस्तो प्रकारले गरिएको काम कारबाहीलाई छुटकारा दिनुलाई सेटिङ भनिन्छ। सेटिङमा एकजना व्यक्ति सेटिङ गरेबापत २५००० देखि ६० हजारसम्म अध्यागमनका कर्मचारीहरूले लिने गरेका बताउँछ। सम्भवत यो रकम थुप्रै ठाउँमा भागबण्डा हुन्छ। दिनमा कम्तीमा पनि ३०० देखि ४०० नेपालीहरू यो प्रक्रियाबाट बाहिर जान्छन्।

विदेशको मोह: नेपाली भिजिट भिसामा किन जान्छन्?

रोजगारीको खोजी, जीवनस्तर उकास्ने चाहना र विदेशको मोहले नेपाली युवाहरू भिजिट भिसा (पर्यटन भिसा) मा खाडी मुलुकदेखि युरोप र अमेरिका पुग्ने क्रम बढ्दो छ। यद्यपि, यस्तो यात्रा कानुनतः अवैध हुँदाहुँदै पनि, जुनसुकै जोखिम मोलेर भएपनि पैसा कमाउने र आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बोकेर हिँडिरहेका हुन्छन् बेरोजगारी युवाहरू । यसको फाइदा उठाउन एउटा गिरोह भित्रभित्रै लागि परिरहेका हुन्छन् ।
उनीहरूलाई नेपालमा बस्ने मनोबल हौसला प्रदान गर्नुको साटो उनीहरू जुनसुकै हालतमा पनि यस्ता खाले युवाबाट लाभ लिन दौडिरहेका हुन्छन्।
भिजिट भिजामा गएर विदेशमा काम गर्न पाइँदैन यो गैरकानुनी हुन्छ। हामी सबैलाई थाहा छ तर युवाहरु यही प्रक्रियाबाट गइरहेका छन्। कसरी?
सेटिङमा
कुनैकुनै परिस्थितिमा सेटिङ नमिलेर फर्किएको भन्ने गुनासोहरु पनि सुनिन्छ।
सेटिङ मिलेर विदेश पुगेकाहरूको महिनौसम्म अलपत्र भएको गुनासोहरु पनि सुनिन्छ। जोजसले यो सेटिङका काम गरिरहेका छन् उनीहरूलाई चाहे अलपत्र परोस् चाहे जेसुकै होस् उनीहरुलाई मतलब हुँदैन। पैसो आउन पर्‍यो काम जे पनि हुन्छ। यही नेतले काम गरिरहेका हुन्छन् ।
एयरपोर्टमा हुने सेटिङ भिजिट भिजा एउटा विषय हो। तर अध्यागमनबाट सुनदेखि घुनसम्मको सेटिङ हुन्छ भन्ने कुरा सबैलाई थाहा छ।

भिजिट भिसा: कानुनी हैन अवैध प्रयोग आपराधिक

नेपाल सरकारको अध्यागमन ऐन अनुसार, भिजिट भिसा लिनु कानुनी हो – यसबाट व्यक्ति वैदेशिक भ्रमण, पारिवारिक भेटघाट वा छोटो अवधिको बसाइका लागि जान सक्दछन्। तर यो भिसाको प्रयोग गैरकानुनी काम, अवैध रोजगारी वा शरणार्थी बन्न प्रयोग गरिएमा त्यो आपराधिक मानिन्छ।

किन जान्छन् नेपालीहरू भिजिट भिसामा?

रोजगारीको लोभ: म्यानपावर कम्पनी वा एजेन्टहरूले ‘भिजिट भिसामा गएर काम मिलाइदिन्छौं’ भन्दै लाखौं लिइरहेका छन्।

सरल प्रक्रिया: भिजिट भिसा श्रमिक भिसाभन्दा छिटो र सजिलो लाग्ने भएकाले मानिसहरू यसमा आकर्षित हुन्छन्।

शरणार्थी बन्ने आशा: केही मुलुकमा पुगेपछि शरण माग्ने योजनासहित जानेहरूको संख्या पनि बढ्दो छ।

भिजिट भिसा प्रक्रियाको लागत र चरणहरू

१ निमन्त्रणा पत्र (कहिलेकाहीं फर्जी पनि)
२ फ्लाइट बुकिङ, होटल बुकिङ
३. भिसा शुल्क – देशअनुसार फरक (१०–२० हजार रुपैयाँदेखि लाखसम्म
४. एजेन्टको कमिसन – १ लाखदेखि ८ लाखसम्म मागिने चलन

एयरपोर्टमा हुने ‘सेटिङ’ र ठगिने प्रक्रिया

कतिपय एजेन्टहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग ‘सेटिङ’ गरेको बताउँदै यात्रुहरूलाई पास गराइदिन्छन्। यसका लागि उनीहरूले ५०-१ लाख सम्म अतिरिक्त रकम भिजिट भिजामा जानेहरूसँग असुल छन्। यो रकम मात्र एयरपोर्ट सेटिङको लागि मात्र लिने गरिन्छ।

ठगीको स्वरूप:
झुटो रोजगारको आश्वासन
नक्कली कागजपत्र
भिजिट भिसालाई श्रमिक भिसाजस्तो प्रचार
विदेश पुगेपछि एजेन्ट सम्पर्कविहीन
अवैध बसोबास र जेल पर्ने जोखिम
सरकारको निगरानी कमजोर

यस्तो ठगीका घटना बढे पनि सरकारी निकायहरूको निगरानी कमजोर छ। नागरिकहरूले जागरुकता नअपनाएमा ठूलो क्षति हुनसक्छ। यो प्रक्रियालाई यथाशीघ्र नियमन गर्न आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com