
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आफूलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आएपछि कांग्रेस सांसद डा.सुनिल शर्माले कडा प्रतिक्रिया जनाएका छन् ।
शर्मा सत्यतथ्य र खरोवक्ता पनि हुनु। उनी कुनै पनि विषयमा सत्यलाई सत्य र झुटोलाई झुटो भन्ने स्वभावको नेता र सांसद पनि हुनुहुन्छ। या आफ्नो पक्ष या अर्का या आफ्ना दल या अरु जे देखे त्यही भन्ने स्वभाब उनको छ।
उनले केही दिनअगाडि सञ्चारमाध्यममा नेपाली कांग्रेस एउटा सिङ्गो पार्टी नभएर गुटको पार्टी भन्दै प्राइभेट लिमिटेडको संज्ञा दिएका थिए ।
उनले युग परिवर्तन गर्न, सत्य र न्यायका लागि जनक सुकरातले हेमलट विष पिएर लड्ने बताएका छन् ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएको थियो ।
नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । तर, सभापति देउवाले यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो । तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ ।