
काठमाडौँ —काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएका छन् ।
उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए ।
राजनाथ पाण्डे को स्वभाव मेयर बालेन शाहभन्दा अरु कोही होइन। अरु कोसेली भनेको मान्दिन। बालेन शाहले जे भनेपनि काम गर्ने प्रवृत्तिका हुन् ।
त्यसै दिन मेयर बालेन शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो ।