सबैलाई पठाउनु होला

काठमाडौँ — एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित ९ सचिवमध्ये महेश बस्नेतले सबैभन्दा धेरै १५४४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) रहेकी छन्।
अन्य निर्वाचित सचिवहरूमा छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) छन्।

अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। उनले १६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com