गोर्खा केवल एउटा जिल्ला होइन, यो इतिहास हो, एकताको प्रतीक हो र परिवर्तनको साहसिक निर्णय गर्ने भूमि हो। यही गोर्खा क्षेत्र नम्बर १ का आदरणीय मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू आज फेरि एउटा महत्वपूर्ण मोडमा उभिनु भएको छ।
हामीले दशकौँसम्म पार्टीका झण्डा हेर्यौँ। वाचा सुनेौँ, आश्वासन पायौँ, तर परिणाम कति आयो ?
व्यथिति घटेन, विसंगति बढ्यो। भ्रष्टाचार रोकिन सकेन, अन्यायका घाउ झन् गहिरिँदै गए। महिलाको प्रतिनिधित्व अझै पनि भाषणमै सीमित रह्यो।
अब प्रश्न स्पष्ट छ।
पुनः उही प्रयोग गर्ने कि, नयाँ विकल्प रोज्ने ?
गोर्खा–१ बाट स्वतन्त्र उम्मेदवार कविता भट्टराई केवल एउटा नाम होइनन्, यो परिवर्तनको संकेत हो। महिला नेतृत्वको सम्मान, गोर्खाको एकताको सन्देश र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको प्रतिबद्धता उनको उम्मेदवारीको आधार हो।
उनी कुनै पार्टीको आदेशमा होइनन्,
कुनै गुटको दबाबमा होइनन्,
उनी सिधै जनताको विश्वासमा उभिएकी उम्मेदवार हुन्।
रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार, यातायातको विकास, स्थानीय स्रोत साधनको उपयोग गर्दै गोर्खालाई समृद्ध र सक्षम जिल्ला बनाउने उनको संकल्प स्पष्ट छ। महिला हक–हित, सामाजिक न्याय र सुशासन उनका नारा मात्र होइन, प्रतिबद्धता हुन्।
गोर्खाका आमाहरू, दिदीबहिनीहरू, युवाहरू र सचेत नागरिकहरू
यो चुनाव केवल जित हारको होइन, दिशा बदल्ने निर्णयको चुनाव हो।
अब यसपटक पार्टी होइन, पात्र हेरौँ।
झण्डा होइन, निष्ठा हेरौँ।
वाचा होइन, इमान हेरौँ।
आगामी निर्वाचनमा कप प्लेट चिन्ह मा मतदान गरी स्वतन्त्र उम्मेदवार कविता भट्टराईलाई विजयी गराएर गोर्खा–१ बाट नयाँ राजनीतिक संस्कृतिको सुरुवात गरौँ।
यसपटक परिवर्तनलाई मत दिऔँ।
यसपटक स्वतन्त्र आवाजलाई जिताऔँ।
यसपटक गोर्खाले इतिहास दो
होर्याओस् साहसी निर्णय गरेर।

