गुनासो चौतारी काठमाडौं । तत्कालीन नेपाल कम्युिष्ट पार्टी (नेकपा) केन्दीय सदस्य माननीय चुडामणि खड्काले प्रधानमन्त्री केपी शर्मा ओलिको कू क्रुते जालझेलले नैतीक पतनले राजनीतिक संकट निमत्यो। आफ्नो स्वार्थको लागि जनता र पार्टीलाई अनेकौं झुटको खेती गर्दै सत्तामा पुगे । तत्पश्चात सक्ती र सत्ताको दुरुपयोग सँगै जनताको भवाना विपरीत, संविधान विपरित, पार्टीको विधि र विधान विपरीत, संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै हमला गर्दै अन्तत: जनताबाट प्राप्त दुई तिहाईको मत लाई पनि अपमान गरी नेकपा लाई दुर्घटना सम्म पुराए । फेल स्वरूप आज ओली कै करण गम्भीर राजनीतिक संकट निम्तियो।
यो जटिल समस्या र अन्यौलपूर्ण स्थिति अन्त्य गर्न जनभावनालाई सम्मान गर्न केपी ओलीले प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ । देशको राजनीति अवस्था यो स्थिति सम्म आइपुग्नुको प्रमुख कारण केपी ओली हुन । व्यक्तिवादी, अराजक, असंवैधािक, अलोकतान्त्रिक,प्रतिगामी,निरंकुश शैलीको कदमले नेपाली जनताको चाहना र भावनालाई क्रुर हत्या गरियो । अब नेपाली जनताले छुट दिने छैनन् ।

