सबैलाई पठाउनु होला

 

दैलेख, जेठ १८  दैलेखको भैरवी गाउँपालिका ७ कालगौडामा सोमबार भएको बोलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो करिब १ बजेतिर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेहरूमा कालिकोटको शुभकालिका गाउँपालिका–६ निवासी अन्दाजी ३५/३६ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका ४ निवासी अन्दाजी ३८/३९ वर्षीय मित्र सुनार तथा शुभकालिका गाउँपालिका ६ निवासी अन्दाजी ५५/६० वर्षीया पुल्तिसरा विक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका सुमत विकनैन सुनार लाई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत पठाइएको दैलेख प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com