सबैलाई पठाउनु होला

धनगढी, जेठ १६  अछाममा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारु को सुर्खेत प्रादेशिक अस्पताल मा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शनिबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह को अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, स्याङ्जाको फेदीखोला नगरपालिका–४ निवासी अर्जुनकुमार पौडेल को अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com