
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समय सापेक्ष पार्टीका कार्यकर्ता इमान्दारिता नभई ठूला नेताहरूको नजिक बन्नको निमित्त खुरापाती दिमाग र पार्टीका नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले काँग्रेस कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन, कोइरालाले भने ‘कार्यकर्ताहरु स्वाभिमानी बन्नुपर्छ इमान्दारी बन्नुपर्छ। आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।