गुनासो चौतारी काठमाडौँ गोंगबु स्थित एक घरबाट प्रहरीको टोलीले झन्डै ४ करोड अवैध रकम र सुनको ढिक्का सहित बरामद गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार जनताको आधारमा उक्त घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा रकम र सुन फेला परेको हो ।
‘हामीले सूचनाका आधारमा छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ फेला परेका छौं । फेला पारेको पैसा गन्ने क्रममा नै छौं,’ खनालले भने,‘पैसासँगै घरबाट सुनका ढिक्काहरु पनि बरामद भएका छन् ।’
त्यही घरबाट विनोदकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् । प्रहरीले उनीसँग घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । रकम कसको हो, कसले राखेको हो भन्नेबारे भने प्रहरीले अनुन्धान गरिरहेको खनालले बताए ।

