सबैलाई पठाउनु होला

गुनासो चौतारी काठमाडौं , सामाजिक सञ्जाल प्रतिबन्धः नेपालको भविष्यलाई ताला लगाउने निर्णय । विश्व आज सूचना प्रविधिको युगमा प्रतिस्पर्धा गर्दैछ। अमेरिका, चीन, भारतजस्ता मुलुकहरूले आफ्नै सामाजिक सञ्जाल, आफ्नै सूचना प्रविधि उपकरण र आफ्नै विश्वसनीय प्लेटफर्म निर्माण गरी संसारभर प्रभुत्व जमाइरहेका छन्।

तर, दुःखद विडम्बना, नेपालले अहिलेसम्म एउटा भरपर्दो सामाजिक सञ्जाल निर्माण गर्न त परै जाओस्, अरूले बनाएको प्लेटफर्मलाई पनि सदुपयोग गर्ने आधार र संयन्त्र विकास गर्न सकेको छैन। यस्तो अवस्थामा, नेपाल सरकारले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यो निर्णय केवल संचारको हकमा रोक मात्र होइन, देशको सूचना प्रविधि विकासमा लगाइएको अर्को ठूलो ताला हो। सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरू छन्, तर त्यसैको कारण देखाएर सम्पूर्ण सामाजिक सञ्जाल नै बन्द गर्नु भनेको बिरामीलाई औषधि दिनुको सट्टा सासै बन्द गरिदिने जस्तै हो।

 

यसले जनताको आवाज दबाउने मात्र होइन, नेपाललाई विश्वसँग अलग्याउने खतरनाक कदम हुनेछ। यदि भोलि सबै सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूले नेपाललाई पूर्ण रूपमा बन्द गरे भने– जनता विश्व सूचना प्रणालीबाट अलगिनेछन्। व्यापार, शिक्षा, रोजगारी र अनुसन्धानमा नेपाली युवाहरूलाई ठूलो धक्का पुग्नेछ।

 

विश्व बजारसँगको प्रत्यक्ष सम्पर्क टुट्नेछ। सूचना हकमा गम्भीर संकट आउनेछ। नेपालले न आफ्नै प्रविधि उत्पादन गर्न सकेको छ, नैतिक रूपमा अरूको सदुपयोग गर्न सिकेको छ। यस्तो अवस्थामा प्रतिबन्ध लगाउने सोच केवल असफलताको आत्मघाती घोषणा हो। सरकारलाई यो बुझ्न जरुरी छ कि प्रतिबन्ध समाधान होइन, सुधार उपाय हो। दुरुपयोग रोक्ने नीति बनाउन सकिन्छ, निगरानी प्रणाली सुदृढ बनाउन सकिन्छ, जनतालाई सचेत बनाउन सकिन्छ।

तर प्रविधि नै बन्द गर्नु भनेको भविष्य नै बन्द गर्नु हो। आज जरुरी छ। नेपालले आफ्नै सामाजिक सञ्जाल र प्रविधि विकास गर्ने बाटो रोजोस्। जरुरी छ । जनता सूचना प्रवाहमा स्वतन्त्र रहून्। जरुरी छ। सरकार विकासलाई ताला लगाउने होइन, ढोका खोल्ने निर्णय गरोस्। यसकारण, सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय तत्काल खारेज गरी प्रविधि विकासलाई प्राथमिकता दिनुपर्छ। अन्यथा, नेपाल डिजिटल युगमा “अन्धकारको टापु” बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com