सबैलाई पठाउनु होला

गुनासो चौतारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमका नाममा हुने अराजक गतिबिधि नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी गराएका छन्।

सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरुङले सञ्चारमाध्यमलाई थप व्यवस्थित गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिएका हुन्।

सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मर्यादित बनाउन पत्रकार महासंघले समेत आचारसंहिता बनाइसकेको अवस्थामा स्वनियमनको व्यवस्थाको समेत विधेयकमा उल्लेख गरिएको मन्त्री गुरुङको भनाइ छ। मिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र रहेपनि सरकारबाट भने अलग हुन नसक्ने मन्त्रि शुब्बाले भन्नु भयो ।

मन्त्री गुरुङले सञ्चारमाध्यमलाई समेत नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई रहेकाले सरकारबाट अनावश्यक हस्तक्षेप नहुने जिकिर गरे।
मन्त्री गुरुङले सामाजिक सञ्जाललाई मर्यादित ढंगले सञ्चालन गर्नका लागि छुट्टै ऐन समेत ल्याइएको बताए।

समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ। अर्को बैठकमा विधेयकमाथि संशोधन कर्तासँग छलफल हुने सभापति अम्वरबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com