यी हुन् ३६ जना जसले एमालेको चुनावमा भोट हालेनन्, कारण के ?
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतदानमा ३६ जना अनुपस्थित भएका छन् ।
जसमा केन्द्रीय कमिटीमा रहेका नेता र उम्मेदवारसमेत रहेको पाइएको छ । केन्द्रीय कमिटी सदस्यका उम्मेदवार गुल्मीका राजेन्द्र अर्याल आफैं अनुपस्थित भए ।
उनीहरू तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण मतदानबाट वञ्चित भएका हुन् ।
निर्वाचन आयोगका उपप्रमुखका अनुसार प्रतिनिधिहरूलाई मतदानका लागि आज बिहान ५ बजेसम्म मतदानस्थलमा प्रवेश गर्न भनिएको थियो तर उक्त समयमा उपस्थित नभएपछि उनीहरूलाई मतदानबाट वञ्चित गरिएको हो ।
को-को ले पाएनन भोट हाल्न ?
केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. बृजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवंशी
अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)
निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय
लेखा आयोग
१. अशोक केसी
विभाग
१. घनश्याम कोइराला
२. संजीव रोकाहा
महाधिवेशन प्रतिनिधि
१. राजेन्द्र अर्याल (उम्मेदवार- गुल्मी)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. कृष्णमाया भुजेल (झापा)
१६. गोमा नेपाली
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०.मिना पोख्रेल

