असोज ३ महोत्तरी । बजारमा कृते गर्नेहरु सलाबलाई रहेको बेला प्रहरीले एक हजारका २२ थान नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई प्रहरीले पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले औरही बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका रायका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

