सबैलाई पठाउनु होला

महोत्तरी     महोत्तरीको मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । संघीय सरकारले दिएको दुई दिने बिदाको निर्णयलाई मनरा सिस्वा नगरपालिकाले नमान्ने भएको छ  ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएको समयमा नगरभरिका सामुदायिक संस्थामा अब शनिबार मात्र बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत रंजितकुमार यादवले जानकारी दिएका हुन  ।

जेठ १६ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरिएको यादवले बताएका छन्  । नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्रत्येक शनिबार सार्वजनिक बिदा हुने, आइतबारदेखि बिहीबारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने उल्लेख गरिएको हो  ।

शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ । संघीय सरकारले देशभरिका सार्वजनिक संस्थामा हप्तामा २ दिने सार्वजनिक बिदाको घोषणा गरेका थिए । तर यो निणय महोत्तरीको मनरासिस्वा नगरपालिकामा लागु नहुने भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com