७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै सदस्य संख्या १६ पुर्याएको छ। सभापति रवि लामिछाने को प्रस्तावमा बसेको केन्द्रीय समिति बैठकले दुई जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो।
प्रवक्ता मनिष झा का अनुसार सागर ढकाल र सरिता श्री ज्ञवाली लाई सचिवालयमा समावेश गरिएको प्रस्ताव बैठकबाट पारित भएको हो।
रास्वपा सचिवालय (१६ सदस्य)
- रवि लामिछाने – सभापति
- स्वर्णिम वाग्ले – उपसभापति
- कविन्द्र बुर्लाकोटी – महामन्त्री
- भूपदेव साह – महामन्त्री
- विपिन आचार्य – सहमहामन्त्री
- लिमा अधिकारी – कोषाध्यक्ष
- वसु माया तामाङ – सहकोषाध्यक्ष
- मनिष झा – प्रवक्ता
- गणेश पराजुली – सदस्य
- दिपक बोहरा – सदस्य
- बिराज भक्त श्रेष्ठ – सदस्य
- शिशिर खनाल – सदस्य
- सोबिता गौतम – सदस्य
- हरि ढकाल – सदस्य
- सागर ढकाल – सदस्य
- सरिता श्री ज्ञवाली – सदस्य

